काठमाडौं। मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड बजेट विनियोजन गरेको बताएका हुन्।
मन्त्री पुनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने बताए। मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर विस्तार गरिने मन्त्री पुनले घोषणा गरे ।
सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्याइने भएको छ।