काठमाडौं। सरकारले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ।
आगामी वर्ष खानेपानी विस्तार सुविधाबाट ४ लाख ४५ हजार थप जनसङ्ख्यामा खानेपानीको पहुँच पुर्याउने बजेट भाषणमार्फत अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए।
सुनकोसी मरिन तथा सुनकोसी–कमल मरिनबाट आयोजनाबाट तराईका ८ जिल्लामा खानेपानी पुर्याउन सम्भाव्यता अध्ययन गरिने भएको छ।
त्यसैगरी नारायणी नदीबाट चितवन र भेरी बबईबाट कोहलपुर र नेपालगन्ज लगायतका स्थापनामा थोक वितरण प्रणालीबाट पानी वितरण गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ।
भक्तपुरको महादेवखोला तथा गुल्मीको कंकी देउरालीमा जलाशययुक्त खानेपानी आयोजनाको काम अघि बढाइने भएको छ । ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोवीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने अर्थमन्त्री पुनले बताए।