कपिलवस्तु। वर्षासँगै आएको हावाहुरीले कपिलवस्तुको विजयनगर गाउँपालिकामा क्षती गरेको छ। हावाहुरीको कारण गाउँपालिकाका ४७ घरमा क्षति गरेको हो।
सोमवार राति आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २, ३, ४ र ६ नम्बर वडाका ४७ घरमा क्षति गरेको गाउँपालिकाले जनाएको छ।
हुरीले घरका छाना, जस्तापाता उडाएको छ भने एउटा कुखुरा फार्म र एउटा विद्यालयमा पनि क्षति गरेको छ। हावाहुरीले विद्युतका ९ वटा पोल ढालेको छ।