फाइल तस्बिर
एजेन्सी। भारतको आइजवलमा रेमल चक्रवाती आँधीका कारण आएको पहिरोबाट २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले आँधीका कारण आएको पहिरोबाट २७ जनाको मृत्यु भएको जानकारी दिएको हो।
पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र विद्युत् आपूर्तिमा पनि असर परेको विभागले जनाएको छ।
मिजोरमका मुख्यमन्त्रीले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेका छन्। पहिरोमा परी ज्यान गुमाएका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।
चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ ।