मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा हिजो अपराह्न भएको कार दुर्घटनामा मृत्यु हुने तीन पुगेका छन्। अन्य दुईजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको बताएको छ।
दुर्घटनामा कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।