विराटनगर। कान्तिपुर पब्लिकेसन्स विराटनगरस्थित क्षेत्रीय कार्यालयमा कार्यरत् एक सुरक्षा गार्ड कार्यालयमै मृत अवस्थामा भेटिएका छन् ।
सुरक्षा गार्ड बलबहादुर बस्नेत सेक्युरिटी गार्डको क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो बिहान ११ बजे घटनाबारे जानकारी आएको थियो।
पालो दिनलाई अर्को सुरक्षागार्ड आउँदा ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको बताइएको छ।