सुर्खेत। सुर्खेतमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ। दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको कार्यालयले जनाएको छ ।