पोखरा। सगरमाथा आरोहण गरेर फर्किदै गर्दा पोखराका एक युवाको निधन भएको छ । पोखरा २६ लेखनाथका बिनोद बाबु बस्ताकोटीको सगरमाथा आरोहण गरे फर्किदै गर्दा निधन भएको हो।
जेठ ९ गते बिहान सगरमाथा आरोहण गरी फर्किने क्रममा सोही दिन साँझ ५ बजे तिर सगरमाथाको चौथो शिविरको माथि बालकुनीको तल लगभग ८२५० मिटरमा आई पुग्दा उनको मृत्यु भएको हो । उनका शेर्पा गाईड उपलब्ध गराएको कम्पनी पाईनयर एड्भान्चरबाट जानकारी दिएका थिए ।