काठमाडौं। नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त भएका छन् । यसअघि बोर्डको निमित्त कार्यवाहक अध्यक्षको जिमेवारीमा रहेका डा. अधिकारीलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
अधिकारीलाई बिहीबारदेखि लागू हुनेगरी बोर्डको अध्यक्ष नरेन्द्रकुमार रानाले प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन्।