तनहुँ। हावाहुरीका कारण तनहुँका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। बिहीबार साँझ आएको हावाहुरीले बिजुलीको पोल ढल्दा विद्युत सेवा अवरुद्ध बनेको हो।
हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ स्थानका बासिन्दा प्रभावित भएका छन्। व्यास–१० बैरेनी, व्यास–७ कलेस्ती, व्यास–१२ छिर्कन र व्यास–१३ पोखरी भञ्ज्याङलगायतका स्थानमा विद्युत् सेवा अवरोध भएको केन्द्रले जनाएको छ।