रुकुमपश्चिम। रुकुमपश्चिममा सडक निर्माणका क्रममा खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार बेलुका चौरजहारी नगरपालिका –१३ स्थित आफन्तको घरबाट फर्कने क्रममा सडकबाट खसेको ढुंगाले लागेर सानीभेरी गाउँपालिका १० निवासी अन्दाजी ५२ वर्षीया नौली बिकको मृत्यु भएको हो ।
निर्माणाधिन सडकको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० निवासी अन्दाजी ५२ वर्षीया नौली बिकको मृत्यु भएको हो ।
घरभन्दा आधा घण्टा परको पाखा भन्ने स्थानमा पुगेको बेला ढुङ्गाले लागेर विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतीका लागि उक्त स्थानमा डोजरले बाटो खनिरहेको छ । करिब १५० मिटर तलको बाटो हिँडिरहेको बेला निर्माणाधिन सोहि सडकबाट आएको ढुङ्गा लागेर उनको मृत्यु भएको हो ।
यस अघि पनि सोहि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो ।