काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका पूर्वअध्यक्ष तथा पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष सीबी लामा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनस्थित सिमाबाट पक्राउ गरेको कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। उनका अनुसार लामालाई भारतीय सिमा नजिकैबाट पक्राउ गरिएको हो। अहिले काठमाडौँ ल्याइदैछ ।
उनले दुई सहकारीको झन्डै ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ। कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब अपचलन गरेको आरोपमा जाहेरी परेको छ।