मुगु। मुगुमा यार्सागुम्बा संकलन गर्ने क्रममा चार जनाको मृत्यु भएको छ। गएको दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका चारजनाको लेक लागेर मृत्यु भएको हो।
लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको छ। लेक लागेर गम्भीर भएका अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको बाटोमै मृत्यु भएको हो। सोही ठाउँका २० वर्षी जीवन बुढा सिकिस्त छन्।