सप्तरी। कञ्चनपुर राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक सडकमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
शनिवार बेलुका करिब ७ बजेको समयमा हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिए कञ्चनपुर आउँदै गरेको अवस्थामा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ घटना स्थलमै २ जनाको मृत्यु भएको सप्तरीका प्रहरीले जानकारी दिए।
मृत्यु हुनेमा सिरहा लाहान १९ बस्ने ३२ को मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ सुशिल राम रहेको बताइएको छ।