संखुवासभा। भोटखोला गाउँपालिकामा वर्षासँगै आएको बाढी पहिरोले एक घरसहित दुई स्वास्थ्य केन्द्र पुरिएका छन् ।
शुक्रबार र शनिबार परेको वर्षापछि आएको बाढी र पहिरोले भोटखोला–४ स्थित सेम्बुङ गाउँमा सेम्बुङमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिकाले जनाएको छ । भोटे पूर्ण रूपमा विस्थापित भएका छन् ।
पहिरोबाट विस्थापित भोटे अहिले छिमेकीको शरणमा रहेका छन् । बाढी पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुई वटा गाडी समेत पहिरोले क्षति पुर्याएको गाउँपालिकाले बताएको छ।
पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरण क्षति हुँदा लाखौं रुपैयाँ क्षति भएको छ । त्यस्तै गरी पहिरोले भोटखोला–४ मा निर्माणाधीन ५ शैयाको अस्पताल पुरिएको बताइएको छ। कान्तिपुरबाट