काठमाडौं। मुक्तिनाथ विकास बैंकले वन्डर्स नेपाल प्रालि बिच छूट सम्झौता भएको छ। काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावर को टिकट खरीदमा छूट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता भएको हो।
सम्झौतापश्चात् बैंकका ग्राहकले स्काइवाक टावरको टिकट खरीद गर्दा १५ देखि २० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन्। छूट सुविधा प्राप्त गर्न ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नुपर्ने बताइएको छ।