गुल्मी। गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सोमबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर– ४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो दुर्घटना भएको हो।
दुर्घटनामा सत्यवती गाउँपालिका वडानम्बर–८ भार्से निवासी ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अन्य सात जना घाइते भएका छन्।
घाइते सातमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।