इलाम। दमक–चिसापानी–रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुलीमा रतुवा खोलाले जीप बगाँउदा दुईजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माङसेवुङ–५ की शर्मिला फागो र माङसेवुङ–३ की निरु लिम्बूका छोरा तीन वर्षीय नियन नेम्वाङको ज्यान गएको हो।
इलामको लारुम्बादेखि दमकका लागि छुटेको लु १ ९४९१ नम्बरको बोलेरो सोमबार साँझ करिब ६ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो ।
बोलेलेरोमा सवारमध्ये ३ जना पौडेर बाहिर निस्केका थिए। चालक सम्पर्कबाहिर छन्।