काठमाडौं। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको हो।
मर्हजनसहित ४ जना कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाइ पाँचवटा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ।