काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटलाई कारबाही गरेको छ। एयरलाइन्सका दुई जना पाइलट विजय लामा र भावना पन्तलाई कारबाही गरेको हो।
प्राधिकरणका अनुसार उनीहरुलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन सुरक्षा व्यवस्था उल्लंघन गरेको भन्दै उनिहरुलाई अर्को सूचना नभएसम्मका लागि ग्राउण्डेड गरिएको हो।
स्रोतका अनुसार उनीहरुले विमानस्थलको संवेदनशील क्षेत्रमा फोटो भिडियो खिचेर नियम उल्लंघन गरेकोले कारबाही गरिएको हो।