काठमाडौं। बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको साधारणसभा आगामी असारमा हुने भएको छ। कम्पनीको जेठ ७ गते बसेको २१औं सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारणसभाका लागि प्रस्ताव आह्वान गरिएको हो।
असार ३ गते हुने साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव गरिएको छ। लेखा परीक्षणको प्रतिवेदनसहित असार मसान्तको खर्च विवरण र आर्थिक वर्ष ७९/८० को नाफानोक्सान हिसाब र नगदप्रवाह सहितको वित्तय विवरणहरुमा छलफल गर्ने बताइएको छ। सभामा चालू आव ८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने निजको पारीश्रमिक निर्धारण गर्ने सूचित गरिएको छ।