गाइघाट। उदयपुरको त्रियुगामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
मदन भण्डारी लोकमार्गमा पर्ने त्रियुगा नगरपालिका–१, फूलजोरमा मंगलबार साँझ प्र १–०२– ००१ ख ८५१४ टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका घर भई त्रियुगा नगरपालिका–११ बस्दै आएका ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका–३ घर भएका २४ वर्षीय हिरा राई रहेका छन्।
तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको छ।