एजेन्सी। भारतको महाराष्ट्र राज्यमा सुखोई लडाकु विमान दुर्घटना भएको छ। मंगलबार महाराष्ट्रको राजधानी मुम्बईबाट एक सय ९४ किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको शिरसगाउँ गाउँमा उड्ने क्रममा विमान दुर्घटना भएको हो।
दुर्घटनाग्रस्त विमानबाट पाइलट र को–पाइलट दुवै सकुशल बाहिर निस्किएका छन्। उनीहरूलाई सामान्य चोट लागेको छ।