जुम्ला। जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पातारासी गाउँपालिका ५ तल्लो लोर्पामा मोटरसाइकल दुर्घटनामा परेर २९ वर्षीय मीनबहादुर बुढाको मृत्यु भएको हो ।
क १ प २०७७ मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुर्घटनामा घाइते बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा मृत्यु भएको थियो।