काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ। गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको हो।
आइतबार प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका–७ तनहुँकाप्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।