काठमाडौं। सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्।
उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
धितो कम राखेर बढी ऋण दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप उनीहरूमाथि छ । कर्जा हिनामिना गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जनालाई प्रहरीले २०८० फागुन १५ गते पक्राउ गरेको थियो ।