काठमाडौं। महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न प्रा.लिका संस्थापक तथा प्रवन्ध निर्देशक लक्ष्मीभक्त मानन्धरको निधन भएको छ। बालाजुस्थित आफ्नै निवासमा मानन्धरको आज बिहान ४ बजे निधन भएको हो।
८९ वर्षका मानन्धर लामो समयदेखि बिरामी रहँदै आएका र आज बिहान निधन भएको महालक्ष्मी कन्स्ट्रक्सनका कर्मचारी अच्युत भण्डारीले जानकारी दिए।
उनको आज नै १० बजे शोभाभगवती डल्लुमा अन्तेष्टि गरिने भण्डारीले बताए।
मानन्धरका तीन छोरा र श्रीमती छन्। तीन छोरा नै निर्माण व्यवसायमा आवद्ध रहेकामा हाल एक जना भने काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा सदस्य छन्।
उनका जेठो छोरा राजेन्द्र मानन्धर र कान्छा छोरा विजय मानन्धर अझै पनि निर्माण व्यवसायमा आवद्ध भइ देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। माइला छोरा जीवन मानन्धरले भने वडा सदस्य भएपछि निर्माण व्यवसायको काम छोडेका छन्। राजेन्द्रले नेपाल निर्माण व्यवसायी महासंघमा समेत आवद्ध रहेर काम गरिसकेका छन्।