काठमाडौं। आजदेखी मेलम्चीको पानी वितरण बन्द हुने भएको छ। जेठ दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि पानी वितरण बन्द हुने भएको हो।
मनसुन शुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
गत वर्ष असार २० गते पानी पथान्तरण बन्द गरिएको थियो भने माघ १ गतेदेखि उपभोक्ताको धारामा पानी पठाउन शुरु गरिएको थियो।