विराटनगर। सुनसरीको अमडुवामा औधोगिक क्षेत्र निर्माण गर्न संघिय सरकारले ४ वर्ष अगाडी नै घोषना गरेको थियो। उक्त क्षेत्रको निर्माण कार्यलार्य कार्यन्वयनमा ल्याई निर्माण कार्यलाई दुर्त गतिमा अगाडी बढाउनु पर्ने कुरामा सरोकारवालाहरुले सुझाव दिएका छन्। उधोग ब्यवसायिले गत बुधबार विराटनगरमा आयोजित औधोगिकरणको अवसर र चुनौतीको विषयमा भएको छलफलमा यस्तो सुझाब दिएका हुन्। ६५० बिघा क्षेत्रफलमा फैलिएको उक्त औधोगिक क्षेत्र मुलुकको औधोगिकरणमा कोसेढुङगा सावित हुनेछ।
मुलुकको आर्थिक समृद्धिको लागि निजि क्षेत्रको सहयोग आवश्यक रहने भएको कारणले गर्दा मुलुकको आर्थिक विकासको लागि सबै एकजुट भएर अगाडी बढ्न जरुरी छ। यदि राज्यले स्वदेशि वस्तुको नीति स्वदेशि उधोगलाई प्राथमिकता दिने हो भने रोजगार, राजस्व वृद्धि र मुलुकको औधोगिकरणमा टेवा पुग्ने छ।
औघोगिक उत्पादन अन्तराष्ट्रिय गुणस्तरीय चिह्नका लागी आवश्यक रहने प्रयागशाला निर्माण अघि बढीसकेको छ। त्यस्तै मन्त्रालयमा नयाँ उधागीहरुले उधोग दर्ता गर्न झन्झटिलो रहेको कारण एकद्धार नीतिको माध्यमबाट दिन तोकेर गर्न सकेमा औधोगिकरणमा सहयोग पुग्नेछ। औधोगिक क्षेत्रको उधमिहरुलाई विदेश पलाएन भएका दक्ष जनशक्तिको तथ्याङक प्राप्त भएमा नेपालि युवाहरु विदेश पलायन हुने क्रमलाई नियन्त्रन गर्न सकिने भएको कारणले गर्दा सुनसरी–मोरङ औधोगिक करिडोरलाई औधोगिक क्षेत्र घोषना गर्नको लागि सुझाब दिइएको हो।