संखुवासभा। संखुवासभाको चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ। गएराति हावाहुरीसँगै आएको वर्षाको क्रममा चट्याङ लाग्दा चिचिला गाउँपालिका– २ स्थित तल्लो आहालेमा ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको हो।
बुधबार राति करिब ११ बजे परेको चट्याङ लागेर ४३ वर्षीया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि बिहीबार जिल्ला अस्पताल ल्याइएको छ।