एजेन्सी। भारतको दार्जिलिङमा रेल दुर्घटना मर्नेको संख्या १५ जना पुगेको छ। सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको रोकिराखेको रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो।
घटनामा अन्य ६० जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ।
घटनापछि उद्धार कार्य तीव्र गतिमा अगाडि बढिरहेको रेलमन्त्री अश्वनी वैष्णव र पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले बताएका छन् ।