सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिमा इनार सफा गर्दा निसास्सिएर दुई जनाको मृत्यु भएको छ। सोमबार वीरेन्द्रनगर नगरपालिका–११ मा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्युप्रसाद रेग्मी र सोही ठाउँका ३१ बर्षिया लक्ष्मी कँडेल रहेको प्रहरीले जनाएको छ।
अक्सिजनको अभाव भएपछि बेहोस भएका दुबै जनालाई प्रदेश अस्पताल लगिएको थियो। दुवैजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।