काठमाडौं। अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २६ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ। यसअघि चैत १६ गतेका लागि बोलाएको उक्त सभा विशेष कारण वश स्थगित गरेको थियो ।
असार ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले काठमाडौंको गौशालास्थित तारकेश्वर पार्टी प्यालेसमा उक्त दिन बिहान ११ बजे पुनः सभा गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभाले उपयुक्त नयाँ जलविद्युत् आयोजना परिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्वारा प्रवर्द्धित वा निर्माणाधीन जलविद्युत् आयोजनामा लगानी गर्ने विषयमा पनि आवश्यक निर्णय गर्नेछ ।