काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवाप्रदायकको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। प्राधिकरणले नियामकीय मापदण्डहरुको पालना नगरेको भन्दै सातवटा सेवाप्रदायकको लाइसेन्स खारेज गरेको हाे ।
प्राधिकरणले लाइसेन्स खारेज गरेका सेवाप्रदायकमा बशिष्ठ केबल नेट, इन्फो नेट टेक्नोलोजी, सिम्पल इन्टेलिजेन्ट, एसिया नेट कम्युनिकेशन, फास्ट स्पीड लिंक नेटवर्क, यस नेपाल र मिथिला डिजिटल नेपाल रहेका छन्।
प्राधिकरणबाट इन्टर्नेट (इ–मेल सहितको) सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेकोले उनीहरुको लाइसेन्स खारेज गरेको प्राधिकरणले जानाकारी दिएको छ ।
प्राधिकरणका अनुसार इजाजतपत्र नवीकरण गर्न इच्छुक नभएका ती सेवाप्रदायकको दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको हो ।