काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले मंगलबारको प्रतिनिधिसभामा रोष्ट्रममै ‘मौनधारण गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिएका बडूले नयाँ नक्सा (चुच्चे) को क्षेत्रका बाटोमा बजेट नपारेको विरोधमा मौनधारण गरेका हुन्।
उनले नेपालको नयाँ नक्साले समेटेको क्षेत्रका नागरिकहरु भारतको बाटो हुँदै आवत जावत गर्नुपर्ने बाध्यता सरकार र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले नबुझेको बताए। भारतको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि २०७७ सालबाट तुसारपानी, कोशेधार तिंकर सडक निर्माण सुरु गरिएको तर उक्त
७९ किलोमिटरको सडकलाई भौतिक पूर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नसमेटेको उनको गुनासो छ।
यो सडकको विषयमा प्रधानमन्त्री, रक्षामन्त्री, भौतिक पूर्वाधारमन्त्री, अर्थमन्त्री र नेपाली सेना समेतको उपस्थितिमा पाँच वर्षे योजना बनाउने र पाँच वर्षमा काम सक्ने गरी वजेट विनियोजन गर्ने सहमति उनको भनाइ छ।
उक्त सहमति अनुसार बजेट आउनुपर्नेमा योजना समेत नपरेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।