काठमाडौं। काठमाडौँ महानगरपालिकाले टहरामा डोजर लगाएपछि कवाडी व्यवसायीहरूले आज पनि आन्दोलन गरेका छन्। उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाडी व्यवसायीको टहरामा डोजर चलाएपछि उनीहरू फेरि प्रदर्शनमा उत्रिएका हुन् ।
बुधबार उनीहरूले महानगरविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरमा भेला भई बानेश्वरसम्म र्याली गर्दै प्रदर्शन गरेका छन् ।
मंगलबार कवाडी व्यवसायीहरू कमलादीस्थित महानगरको कार्यालय घेर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो। महानगरको निर्णयको विरोधमा कवाडी व्यवसायीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन्।