काठमाडौं। वलेफी हाइड्रोपावर लिमिटेडले असार २० गते विशेष साधारण सभा बोलाएको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँ बानेश्वरस्थित रोयल एलिनाज रेष्टुरेन्ट प्रालिमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सञ्चालकको नियुक्ति र कर्जा सुविधा स्वीकृतिका सम्बन्धमा आवश्यक निर्णय गर्न सभा बोलाइएको हो । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।