पर्वत। पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। बेनी स्थित ज्ञान गौरी रिपोर्टमा बुधबार सम्पन्न भएको गाउँ सभाको १७ औँ गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष दीपक आचार्यले बजेट प्रस्तुत गरेका हुन्।
५० करोड ४ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको पालिकाले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ।
बजेटमा सङ्घीय सरकारको ४३ करोड १९ लाख तीन हजार, प्रदेश सरकारको दुई करोड ८२ लाख ७२ हजार, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने ४ करोड दुई लाख ३८ हजार रुपैयाँलाई बजेटको स्रोत मानिएको छ ।