जाजरकोट । जाजरकोटमा भीर बाट लडेर एक महिलाको मृत्यु भएको छ। भेरी नगरपालिका–१ खहरे पाखा की ५१ बर्षीया पानमता सुनारको घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको हो ।
घाँस काट्न गएको बेला लडेर गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ।