काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
आज बिहान ६ भैरहवाबाट जनकपुर जाँदै गरेको रात्रि बस र रोकिराखेको लहरीमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।
घटनाको बारेमा थप विवरण आउन बाँकी छ।