काठमाडौं। हावाहुरीका कारण रुख ढलेपछि पूर्व–पश्चिम १३२ केभी चपुर–पथलैया प्रसारण लाइन खण्डमा क्षति पुगेको छ। बिहीबार बिहान हावाहुरीले रुख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो ।
राष्ट्रिय प्रसारण प्रणाली क्षति पुग्दा देशभरको विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।