बुटवल । बुटवलको डेल्टा मार्टमा लागेको आगो नियन्त्रणमा आएको छ। बिहीबार साँझबाट लागेको आगो नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब पाँच घण्टापछि नियन्त्रणमा आएको हो।
आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल ल्याइएको थियो । तर पनि मार्ट पूर्णरुपमा जलेको छ। आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको छ ।