काठमाडौं। उपत्यकामा मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने भएको छ। वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै पानी आपूर्ति बन्द गर्न लागिएको हो।
मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गर्ने तयारी भएको जनाएको छ। मुख्य ‘हेडबक्समा पानी थिग्र्याउने संरचना बिग्रिएकाले आयोजना बन्द गर्नुपर्ने अवस्था आएको हो।