अछाम। ६६ लाख बढी लागतमा मेल्लेख गाउँपालिकामा भौतिक र उपकरण जडान गरी औधोगिक ग्राम सञ्चालनमा ल्याइएको छ। ४९ लाख भन्दा बढी लगानीमा निःशुल्क प्राप्त भएको ४० रोपनि जग्गामा गार्मेन्ट उधोगको ३ वटा भवन निर्माणसँगै औधोगिक ग्राम पनि सञ्चालनमा ल्याइएको हो। उक्त ग्राममा गार्मेन्टसँगै अन्य उधोगहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। औधोगिक ग्राममा १७ लाखको उपकरण जडान गरीएको छ। पुर्ण रुपमा औधोगिकरणको संरचना निर्माण गर्न १७ करोड खर्च हुने डीपीआर गाउँपालिकाले तयार पारेको छ।
उक्त गाउँपालिकाले औधोगिक विस्तारलाई जोड दिएको छ। उधोग विकासको संभावना भएकोे र औधोगिक उत्पादनलाई जोड दिई बजारीकरणले स्थानीय आर्थिक अवस्थामा परिवर्तन ल्याउने द्देयले गार्मेन्टमा लगानीे गरेको कुरा यस क्षेत्रमा लगानी गर्ने स्थानीले जनाएका छन्।
उधोग ग्रामबाट भएको उत्पादन सामाग्री विक्रि वितरणमा पनि सहज भएको स्थानीयको भनाई रहेको छ। गत आर्थिक वर्ष पश्चात स्थानीय तहहरुमा औधोगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउनु पर्ने नेपाल सरकारले ल्याएको नीतिलाई अवलम्बन गरि औधोगिक ग्राम निर्माणमा प्राथमिकता दिँदै आएको हो