काठमाडौं। दाङमा कोइलाखानीमा च्यापिँदा एकजना मजदुरको मृत्यु भएको छ। सोमबार घोराही उपमहानगरपालिका वडा नं. १ दाङ्जामा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने क्रममा सुरुङभित्र च्यापिएर घाइते भएका घोराही उप–महानगरपलिका वडा नं १९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिएका छन्।