सर्लाही। सर्लाहीको बरहथवा नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। र्लाहीको बरहथवा नगरपालिका–१० बस्ने २१ वर्षीय आवोध ठाकुरको मृत्यु भएको हो।
बिहीबार बिहान सवा ११ बजे सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर आवोध र उनको भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका थिए ।
दुबैजनालाई एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा भर्ना गरिएको थियो ।उपचारको क्रममा आबोध ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकका भाई आनन्द ठाकुरको भने अवस्था सामान्य छ र उपचार भइरहेको छ।