काठमाडौं। विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक पदमा धन कुमारी अधिकारी नियुक्त भएकी छन्।
गत बुधवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक पदमा अधिकारीलाई नियुक्त गरेको हो।
कम्पनीको सञ्चालकमा अधिकारी आगामी २०८२ वैशाख ३० गतेसम्म रहने छिन्।