काठमाडौं। नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिनस्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।