संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका–८ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
कोशी राजमार्ग अन्तरर्गत चैनपुर–सभाखोला सडक खण्डको चैनपुर–८ बानेश्वरमा टिपरको ठक्करबाट चैनपुर नगरपालिकाको योजना शाखामा कार्यरत पदम श्रेष्ठको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिवार बेलुकी साढे ६ बजे चैनपुरबाट खराङ जाँदै गरेको प्रदेश ०१–०२ ख ८२४९ नम्बरको टिपरले सोही दिशामा गइरहेको को १५ प ९८३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो।