काठमाडौं। जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो। रोकाय मालटाकुरा माध्यमिक विद्यालय कुशेका शिक्षक हुन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ११ बजे एक्कासि खोलामा बाढी आउँदा ६ जनालाई बगाएको थियो। तीमध्ये रोकाया मृत भेटिएको जाजरकोटका प्रहरीले जानकारी दिए।